२०७८ माघ २१, शुक्रबार १५:२३

मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ ।

हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो । धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा दुई विद्यार्थीको मृत्यू भएको छ

रुख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए । ‘हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भयो,’ उनले भने ।

यस्तै रौतहटको बौधीमाई नगरपालिका १ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=3s

Comment


Related News

Latest News

Trending News