२०७८ माघ २२, शनिबार १४:०९

नेकपा एमालेले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तय गरेको छ ।

प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७–८ फागुन, ९–१० फागुन र ११–१२ फागुनका लागि तय गरेको हो ।

आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताउनुभयो ।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउदै आएका छन् भने अर्को पक्षले विरोध गर्दै आएको छ  । महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विरोध गर्दै आएका छन् ।

कोभिडको कारण देखाउदै  पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

Comment


Related News

Latest News

Trending News