अपडेट 
२०७८ माघ २३, आईतवार ०८:१५

जनकपुरधाम । पछिल्लो २४ घण्टा भित्र मधेश प्रदेशभरि कोरोना संक्रमणले गर्दा एक जनाको मृत्यु भएको छ भने ८ जना नयाँ संक्रमित भएका छन् ।

रौतहटको माधवनारायण –१ का ७० वर्षीय पुरुषको संक्रमणले गर्दा मृत्यु भएको मधेश प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले जनाएको छ । गत २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ५० वटा पिसिआर परीक्षण गर्दा ७ वटा नयाँ पोजिटिभ केस र ५ वटा फ्लोअप केस रहेको छ । त्यस्तै गजेन्द्र ना.सिंह सगरमाथा अस्पताल राजविराजमा ९ वटा पिसिआर परीक्षण गर्दा १ वटा नयाँ पोजिटिभ केस , नारायणी अस्पताल वीरगञ्जमा परीक्षण गर्दा १ वटा ऐन्टिजेन पोजिटिभ केस रहेको प्रयोगशालाले जनाएको छ । शनिबार संक्रमित भएकाहरु मध्ये धनुषाको ६,महोत्तरी र रौतहटको एक÷एक जना रहेको जनाइएको छ । यसैको साथ प्रदेशभरि संक्रमित हुनेहरुको संख्या ४१ हजार २ सय पुगेको छ । भने प्रदेशभरि हाल सम्म १ हजार ५७ संक्रमितको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News