अपडेट 
२०७८ माघ २३, आईतवार १०:४०

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले हजाराैं गीत गाएकी थिईन । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

कोरोना संक्रमण भएपछि उनी २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

Comment


Related News

Latest News

Trending News