२०७८ माघ २४, सोमबार ०७:२८

संघीय सरकारद्वारा मधेश प्रदेशमा पठाइने सचिवका लागि मधेश प्रदेश सेवा अवधिको बसिबियाँलोझैं भएको छ ।

मधेश सरकारको चार वर्षको अवधिमा सचिवहरुको कार्य गर्ने मनोविज्ञान र प्रवृत्तिले सो तथ्यलाई पुष्टि गरिरहेको छ । संघीय सरकारबाट मधेश प्रदेशमा आउने सचिवहरुको सेवा अवधि केही महिनामात्र बाँकी , बढुवाको पर्खाइ र अवैधानिकताको बाटोलाई प्रश्रय दिने मानसिकता मात्र देखिएको छ । मुख्यमन्त्री लालबाबु राउत सचिवहरुमा प्रदेशमा कार्य सम्पादनभन्दा पनि काठमाण्डुमै अधिक समय व्यतीत गर्ने चिन्तनका कारण मधेश प्रदेश सरकारका महत्वपूर्ण कार्य अन्योलमा पर्ने गरेको बताउँछन् । यसै बीच मधेश प्रदेशको सातौ. मुख्य सचिवका रुपमा संघीय सरकारले प्रमुख सचिवको जिम्मेवारी कृष्णबहादुर राउतलाई दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय करिब एक महिनादेखि प्रमुख सचिवविहीन थियो । यसअघि, हरिप्रसाद मैनालीले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए । मधेश प्रदेशमा प्रमुख सचिवसहित १८ सचिवको दरबन्दी रहेकामा अहिले ८ सचिव मात्र कार्यरत छन् ।४ वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ सचिवको सरुवा भइसकेको छ । यस कार्यालयमा हालसम्म प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् । यिनीहरूमध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्षसम्म मुख्यमन्त्री कार्यालयमा बसेका थिए ।बाँकी सचिव ६ देखि ७ महिनामै सरुवा भएका थिए ।

संघ सरकारले थोरै समयमा सचिवहरू सरुवा गर्ने गरेकाले प्रदेश सरकारले सोचअनुसार काम गर्न नपाएको आरोप मुख्यमन्त्री लगायत मन्त्रीहरूले लगाउँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News