धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवमाथि आइतबार स्थानीय युवाहरूको एक समूहले हातपात गरेका छन् ।
प्रदेश २–०२१–झ ००६७८ नम्बरको गाडीमा सवार भएर शहीदनगर नगरपालिकाको कार्यालय तर्फ जाँदै गर्दा स्थानीय केही युवाको एक समूहले प्रमुख प्रशासकीय अधिकृत यादवमाथि हातपात गरेका हुन् । नगरपालिकाको विभिन्न योजनाहरूमा भएको भ्रष्टाचारमा प्रशासकीय अधिकृतको समेत संलग्नता रहेको भन्दै आक्रोशित युवाहरूले यदुकूहा चोकमा उनी सवार गाडीलाई घेरेर हातपात गरेका थिए ।
अधिकृत यादव सवार गाडीलाई घेरेर स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी आए लगतै हातपात गर्ने युवाहरू भागेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी नायव निरीक्षक शारदाशंकर शाहले जानकारी दिए ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk

