अपडेट 
२०७८ माघ २४, सोमबार ११:२३

सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले र चाँदी पाँच रुपैयाँले बढेको हो ।

बढेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News