२०७८ माघ २५, मंगलवार ०७:२७

जनकपुरधाम । सरकारले मधेश प्रदेशका स्थानीय तहको चुनावलाई ४ महिना अगावै गराउने घोषणा गरेर लोकतन्त्रको घाँटी निमोठ्ने काम भएको आरोप जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले लगाएका छन् ।

चुनाव भएको मितिलाई आधार मानेर चुनाव गराउँदा मधेश प्रदेशमा असोज २ गते चुनाव भएकाले सोही मितिलाई आधार मानेर चुनाव गराउनु पर्ने उनले माग गरे । मधेश प्रदेशमा १ सय ३६ पालिका छन् । २०७४ सालमा मधेश प्रदेशमा असोज २ गते चुनाव भएको थियो । ‘ त्यसलाई नै आधार मानेर सरकारले दोस्रो चरणमा मधेश प्रदेशमा चुनावको घोषणा गर्नुपर्छ’ मेयर लालले भने, प्रजातन्त्रको घाँटी निमोठ्ने तत्कालीन राजा महेन्द्रको भन्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कुख्यात काम गरेका छन् । छिमेकी भारत लगायत विभिन्न देशको लोकतान्त्रिक अभ्यासमा पनि सबै प्रदेशमा एकै पटक चुनाव गराइने चलन नरहेको उनले बताए । सरकारको निर्णय पूर्ण अलोकतान्त्रिक रहेकाले यसबाट संघीयता संस्थागत हुन नसक्ने उनको कथन छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News