२०७८ माघ २५, मंगलवार ०८:००

महोत्तरीको पिपरा गाउंपालिकाका सहोडवाका मुसाफिर झा दम्पत्ति हत्या घटनाको पुनः अनुसन्धानको माग गरिएको छ ।

घटनाको झण्डै १० महिना पछि उक्त घटनाको योजनाकारको रुपमा भनिएका भारत बिहार मधुबनी जिल्ला निवासी हरेन्द्र ठाकुरका परिवारजनले सोमबार पत्रकार सम्मेलन गरी सोको माग गरेका हुन् । घटनाको विषयमा प्रहरीले गरेको अनुसन्धानमा आफूहरुको चित नबुझेको र प्रहरीको अनुसन्धान र तथ्य फरक फरक पाइएकोले त्यसको पुनः अनुसन्धान गर्नुपर्ने अभियुक्त ठाकुरका परिवारजनले माग गरेका हुन् । २०७८ साल फागुन १० गते घरबाट पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनका श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरण गरी हत्या गरिएको थियो । उक्त घटनामा जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरले ठाकुरलाई दोषी ठहर गरिसकेको छ । ठाकुर अहिले कारागार बन्दी जीवन बिताइरहेका छन् । अदालतबाट दोषी ठहर भएका ठाकुरकी पत्नी रेणु ठाकुर र छोरा केशवले प्रहरीले घटनाको वास्तविक दोषीलाई उन्मुक्ति दिन र निर्दोषलाई फँसाएको आरोप लगाए । जग्गाको कारण आफ्नो बुवाले दम्पत्ति हत्या गराएको प्रहरीको दाबीमा कुनै आधार र तथ्य नरहको केशवले दाबी गरे । हरेन्द्रले प्लटिंग गरेको जग्गा नजिकै मुसाफिर झाको १४ कठ्ठा जग्गा रहेको भए पनि पोखरी खनिएको जग्गासँग कुनै साईनो नरहेको अवस्थामा प्रहरी अनुसन्धानमा पोखरी भएको जग्गामा जाने बाटोको लागि मुसफिरको जग्गा खरिद गर्न खोजेको र नदिएको निहुँमा हत्या गरेको कुरा गलत रहेको केशव ठाकुरको भनाई छ ।

अनुसन्धानमा पोखरीको जग्गालाई घडेरी भनिएकोले पनि प्रहरी अनुसन्धानमा आफूहरुको शंका भएको उनले बताए । प्रहरीले अनुसन्धानमा हरेन्द्रलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरेको उल्लेख गरिए पनि आफ् नो बुवालाई प्रहरीले काठमाण्डुबाट पक्राउ गरेको उनले बताए । प्लटिंग गरिएका १८ विघा मध्ये अधिकांश जग्गा विक्री भइसकेकोले विगत ४ वर्षदेखि बुवाले काठमाण्डौमै बसेर जग्गा सम्बन्धी व्यवसाय गर्दै आउनु भएको थियो, उनले भने,‘ मुसाफिर झाले अन्य सँग गरेको कारोवार तथा आपसी झगडा विवाद जस्ता विषय तर्फ प्रहरीले कुनै अनुसन्धान नगरी जुन व्यक्तिसँग कुनै सम्बन्ध नै नरहेको व्यक्तिलाई प्रहरीले एक्कासी पक्राउ गरी योजनाकारको रुपमा सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण हो ।’ हरेन्द्रको तर्फका अधिवक्ता देवेन्द्र ठाकुर निरालाले प्रहरीले अनुसन्धानलाई नै फित्लो बनाएको आरोप लगाए । उनले हत्यामा संलग्न रहेको मुख्य व्यक्ति कैलाशसंग हरेन्द्रको कुनै सम्बन्ध नरहेको दाबी गरे । उनले भने,‘ प्रहरीले अनुसन्धान कमजोर बनाउनका लागि रामजी यादव, संतोष यादव, राममनिष यादव, हरेन्द्र ठाकुर, सोगारथ यादवको कल डिटेल लिइएकोमा रामजी, संतोष र राममनिषको कल डिटेलको रेकर्ड मिसिलमा सामेल गरिएको छैन ।’ मृतक दम्पत्तिको बुहारी अंशु झा, उषा झा, तारादेवी झा, बबलु झा र कैलाश झाको पोलिग्राफी टेष्टको रिपोर्ट मिसिलबाट गायब गरिएको अधिवक्ता निरालाको भनाई छ ।

घटनाका मुख्य योजनाकारका रुपमा रहेका कैलाश झाकै बयानलाई आधार मान्ने हो भने कैलाशले योजनामा संलग्न रहेकाहरुको नाममध्ये हरेन्द्रलाई मात्रै पुर्पक्षमा पठाएर बाँकीलाई धरौटीमा छोड्नुले प्रहरी अनुसन्धान नै कमजो रहेको पुष्टि भएको बताए ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News