२०७८ माघ २५, मंगलवार ०८:१०

राजविराज । लथालिंग अवस्थामा रहेको कार्यालयमा सुधार, व्यवस्थापनमा सक्रियता र कृषि क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्न योगदान गरे वापत यहाँ स्थित कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादव सम्मानित भएका छन् ।

सोमबार राष्ट्रिय कृषक समूह महासंघ सप्तरीद्वारा आयोजना गरिएको कार्यक्रममा यादवलाई दोसल्ला तथा कदरपत्र प्रदान गरी सम्मानित गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका अध्यक्ष मुक्ति नारायण यादवले दोसल्ला तथा कदरपत्रबाट सम्मानित गरेका थिए । कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुखीलाल यादवले जीर्ण र अस्तव्यस्त अवस्थामा रहेको कृषि ज्ञान केन्द्र कार्यालयको पूर्वाधार निर्माण, कार्यालयको कार्यसम्पादनमा सक्रियता तथा कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्न योगदान पु¥याएकाले यादवलाई सम्मान गरिएको बताए । कार्यक्रममा निकट भविष्यमै हुन लागेको राष्ट्रिय कृषक समूह महासंघको जिल्ला परिषद्को तयारीबारे आवश्यक सुझाव संकलन समेत गरिएको सचिव भुपेन्द्र यादवले जानकारी दिए । कार्यक्रममा महासंघकी केन्द्रीय सदस्य सुमित्रादेवी चौधरी, जिल्ला सदस्य तेजनारायण यादव लगायतले पनि आ–आफ्नो मनतव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News