२०७८ माघ २५, मंगलवार १६:०७

बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक १ बजे बस्ने गरी बोलाइएको छ ।

बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।​ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए । ‘हाम्रो पूर्ववत अभियान र अवरोध जारी नै रहन्छ, जबसम्म सभामुखले निर्णय सच्चाउनुहुन्न वा राजीनामा दिनुहुन्न त्यसबेलासम्म संसद् अवरोध जारी रहन्छ’, प्रमुख सचेतक भट्टराईको भनाइ छ ।​

Comment


Related News

Latest News

Trending News