२०७८ माघ २७, बिहीबार ०७:२२

जनकपुरधाम । धनुषा प्रहरीले झुठो सूचना दिएर प्रहरीलाई बिना कारण दुःख दिएको भन्दै दुई जनामाथि कारवाही गरेको छ ।

प्रहरीले धनुषाधाम नगरपालिका–७ का दिप नारायण यादव र आशाराम चौधरीलाई प्रहरीलाई झुठो विवरण दिइ निर्दोष व्यक्तिलाई लुटपाटमा फँसाउने षडयन्त्र गरेको आरोपमा पक्राउ गरेको हो । यादवले माघ २४ गते सोमबार धनुषाधाम नपा–७का श्रवण कुमार चौधरी तथा निजसंग मोटरसाईकलमा आएका ३।४ जना व्यक्तिहरुले सोही ठाउँका ३५ वर्षीय आशाराम चौधरीको नाममा दर्ता रहेको मैले प्रयोग गर्दै आएको बा.१९ च.६६१४ नं. को कार र सो कार भित्र रहेको नगद रु. २ लाख रुपियाँ लुटी चोरी लगेको भनी ई.प्र.का. धनुषाधाममा टेलीफोन मार्फत जानकारी गराएकोमा तत्काल ई.प्र.का. धनुषाधामबाट प्र.नि. को कमाण्डमा प्रहरी टोली खटी गएको टोलीले श्रवण कुमार चौधरीलाई पक्राउ गरेको थियो । सोधपुछ गर्दै जाँदा चौधरीलाई यादवले व्यक्तिगत रिसिवीको कारण फँसाउन खोजेको बताएको जिप्रका धनुषाले जनाएको छ । सो क्रममा आशाराम चौधरीले हामीले झुठो निबेदन दिएको बताउंदै प्रहरी कर्मचारीहरुलाई समेत गाली गलौज गरेको जिप्रका धनुषाले जनाएको छ ।

झुठो सूचना दिने दुबैजनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट दिन १० को म्याद थप लिइ थप अनुसन्धान काम भइरहेको जनाइएको छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment

Related News

Latest News

Trending News