२०७८ माघ २७, बिहीबार ०७:४५

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकको सेरोफेरोका ट्राफिक, टेम्पु चालकहरुको लापरवाहीको कारण अस्त व्यस्त बनेको छ ।

धनुषा जिल्लाको पूर्ववर्ती क्षेत्रको विभिन्न स्थान एवम् स्थानीय सवारी साधन टेम्पु तथा अटो रिक्साहरु जताततै सडकमै पार्क गरिने प्रवृत्ति बढदै गएका कारण चोकको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको हो । उत्तर दक्षिण परिक्रमा सडक एवं पूर्वमा हुलाकी राजमार्ग तथा पश्चिममा शिवचोक जाने मार्ग रहेको कदम चोक अत्याधिक व्यस्त सडकको रुपमा रहेको छ । अव्यवस्थित रुपमा पार्किंग गर्ने टेम्पु चालकहरुलाई कारवाही नगर्नुले ट्राफिक प्रहरीहरुसंग मिलोमतोमै चोकलाई अस्तव्यस्त गरिएको स्थानीयवासी एवं राजनीतिक अभियन्ता ललित यादवको गुनासो छ । एकातिर अटो तथा टेम्पुका चालकहरुको मनोमानी र अर्को तर्फ स्थानीय पसलेहरुले फुटपाथ(पैदल मार्ग)मै समानहरु थुपारेर बेच्न थालेपछि पैदल हिंड्न समेत गाह््रो हुने गरेको उनले बताए । ट्राफिक प्रहरीको लापरवाही र सम्बन्धित नियमनकारी निकायको उदासीनताले गर्दा कदम चोक विगत केही दिन देखि टेम्पु र अटो पार्क तथा व्यवसायीहरुको लागि सडक खुला गोदाम बन्दै गएको छ । एका बिहानै देखि टेम्पु, ई रिक्सा र बसको बाक्लो भीडका कारण स्थानीयवासी र पैदल यात्रुहरुले समस्या भोग्नु परिरहेको छ । कदम चोकलाई जनकपुरधामको दोस्रो बस पार्कको संज्ञा दिइएको छ ।

चोकको छेउमै पशु विकास कार्यालय रहेता पनि मुख्य बाटो छेउमै फोहरको डुँग्रो थुप्रिएको र सरसफाईमा कुनै निकायले चासो नदिएको स्थानीयवासीहरुको गुनासो छ । अव्यवस्थित पार्किङ तथा फोहर व्यवस्थापनको अभावमा दिनहुँ स–साना सवारी दुर्घटना समेत हुने गरेको छ । ट्राफिक र प्रशासनको नाममा २ जना जनपथ प्रहरी उक्त चोकमा रहेतापनि उनीहरुले कुनै काम नगरी डुली राख्ने स्थानीयवासीको आरोप छ । ट्राफिक प्रहरीले खुला छूट दिएपछि अटो÷टेम्पु चालकहरुलाई मनोमानी गर्न सहज भएको बताइन्छ ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News