अपडेट 
२०७८ माघ २७, बिहीबार १६:३४

सरकारले चालु आर्थिक बर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ ।

बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाइएको जानकारी दिनुभएको हो । चालु बर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । यसमा स्थानीय तहको निर्वाचन, कोरोना खोप खरिद लगाएतका हुने खर्च समावेश गरिएको मन्त्रालयले जनाएको छ । सरकारले सुरुको विनियोजनबाट खर्च नहुने अनुमान गरिएको रकम घटाउन बजेट संशोधन गरेको हो । अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । अर्थमन्त्री शर्माले मुलुकका आर्थिक बृद्धिदरमा पनि सकारात्मक असर पर्ने र मुद्रास्थीति नियन्त्रणमा रहेको बताउनुभयो । त्यस्तै उहाले ९५.५ प्रतिशतले निर्यात बढेको र आयात ५१.१ प्रतिशतले बढेको जानकारी दिनुभयो । बिप्रषण आप्रवाह नेपाली मुद्रामा ५ दशमल ५ प्रतिशतले कमी आएको र सोधान्तर घाटा २ खर्व ४१ अर्व २३ करोड रहेको मन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको जानकारी दिनुभयो । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको उहाले बताउनुभयो ।

अर्थमन्त्री शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गर्नुभयो । त्यस्तै उहाले हचुवाका भरमा आयोजनाहरुको छनौट गर्दा पनि पूँजिगत खर्चको समस्या भएको जिकिर गर्नुभयो । मनत्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्न विभिन्न नीतिगत उपाय अबलम्बन गरिएको पनि बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News