२०७८ माघ २७, बिहीबार २०:३१

नेपाल भारत सहयोग मंच द्वारा आज वीरगंजमा आयोजित लता मंगेशकर को श्रद्धांजलि समारोह मा उक्त पुरस्कार को घोषित गरिएको छ ।

भारत बाहिर लता मंगेशकर को नाममा पहिलो पटक नेपाल मा यो पुरस्कार स्थापना भएको छ ।नेपाल भारत सहयोग मंच का राष्ट्रीय अध्यक्ष अशोक बैदको माता पिता को स्मृति मा स्थापित हनुमानी देवी नथमल बैद सेवा समिति मार्फत प्रत्येक वर्ष लता मंगेशकरको पुण्यतिथि को अवसरमा यो पुरस्कार वितरण गरिनेछ । पुरस्कार को नाम लता मंगेशकर नेपाल प्रतिभा पुरस्कार राखिएको छ ।

५१ हजार राशीको यो पुरस्कार संगीत, साहित्य, कला , संस्कृति को क्षेत्रमा योगदान गर्नेलाई दिइनेछ । श्रद्धांजलि सभामा सभासद डा शोभाकर पराजुली ले लताको नेपाल संग को नाता बारे प्रकाश पार्नु भएको थियो । सो अवसरमा वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास का महावाणिज्य दूत नीतेश कुमारले संगीत कुनै भूगोलमा सीमित हुदैन यसले दुनिया भरि नै प्रभाव फैलाउंछ त्यसको सर्वोत्कृष्ट उदाहरण लता मंगेशकर भएको बताए ।

मंचका सल्लाहकार चन्द्रकिशोरले शस्त्रले विभाजित गर्छ भने संगीत ले विश्व जनमनलाई जोड़ने गरेको बलियो प्रतीक लता मंगेशकर भएको सुनाए । मंचका अध्यक्ष अशोक बैदले नेपाल भारत जन सम्बन्ध लाई भूईतहमा भारतीय गीत संगीत ले प्रभावकारी ढंगले मजबूत बनाएको भन्दै लता मंगेशकर प्रत्येक नेपाली लाई आफ्नै परिवार को सदस्य जस्तो लाग्ने बताए । उनको निधन विश्व संगीत का लागि अपूरणीय क्षति हो भनी उनले आफ्नो धारणा राखे ।

सो अवसरमा डा के के अग्रवाल, श्रुती हिरावत ,अनुप सरावगी , अजमत अली , सुनिल पंडित लगायतले लताको गीतहरू गाएर श्रद्धांजलि अर्पित गरेका थिए । श्रद्धांजलि सभाको संचालन नूतन सरावगी ले गरेका थिए । उक्त सभामा वीरगंज का विभिन्न क्षेत्रका संगीत प्रेमीहरूको उल्लेख उपस्थिति थियो ।

कार्यक्रम लर्ड दियालो होटलमा भएको थियो ।

Comment


Related News

Latest News

Trending News