२०७८ माघ २८, शुक्रबार ०६:४२

महोत्तरी जिल्लाको पिपरा नगरपालिकाका एक वडा अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विहीबार पिपरा नपा–५ का वडाध्यक्ष शम्भुप्रसाद यादव विरूद्ध आयोगले विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । गाउंपालिका अन्तर्गतको सहोडवामा रहेको सुब्बा पोखरीको ठेक्का कबुल गरी रकम नबुझाएको उजुरीको आधारमा ३५ लाख २१ हजार २ सय ४ रूपैयाँ विगो राखेर वडाअध्यक्ष यादव विरूद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । तत्कालीन सहोडवा गाविस कार्यालयले २०७१ भाद्र १ गतेदेखि २०७६ भाद्र मसान्तसम्मका लागि ठेक्का वन्दोवस्त गर्दा सुब्बा पोखरीको ठेक्का यादवले पाएका थिए । पोखरी हकभोग गरेवापत गाविस कार्यालयलाई बुझाउनुपर्ने रकम यादवले नबुझाएको भन्दै उजुरीको आधारमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको आयोगका सहायक सूचना अधिकारी वेद प्रसाद भण्डारीले बताए । ठेक्का अवधिका लागि ५४ लाख ६४ हजार ६ रूपैयाँ सकार गरेका यादवले २०७३ माघ ४ सम्म जम्मा १९ लाख ४२ हजार ८ सय १ मात्र बुझाएको आयोगले जनाएको छ ।

अख्तियारले वडाध्यक्षमा निर्वाचित भैसकेपछि यादवले पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाइ आफूलाई गैरकानूनी रुपमा पु¥याएको ठहर गर्दै ठेक्का वापतको बाँकी रकम ३५ लाख २१ हजार २ स ४ रूपैयाँ असुलउपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News