अपडेट 
२०७८ माघ २८, शुक्रबार ०६:४२

बर्दिवास । महोत्तरीको औहरी नगरपालिकाको ९औं नगरसभा सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा औरही नपाले विहीबार सर्वसम्मतिले नगरसभामा सम्पन्न गरेको हो । नगरसभाको उद्घाटन सत्रमा जिल्ला समन्यव समिति महोत्तरीका सदस्य सरजु यादव सहित विभिन्न पार्टीका प्रतिनिधिहरुले मेयर सुनिल यादवको कार्यलाई प्रशंसा गरेका थिए । महोत्तरीमा स्थानीय तहका प्रमुख मध्ये मेयर यादव उमेरमा सबभन्दा कान्छो भएर पनि कामको हिसाबले जिल्लाकै उत्कृष्ट मेयर रहेको दाबी गरे । नगरपालिकाको कार्यपालिकामा मेयर अल्पमतमा भए पनि १ देखि ९ वटै नगरसभा सर्वसम्मतिले गराउनु सामान्य विषय नरहेको भन्दै साहले भने,‘ महोत्तरीका अधिकांश स्थानीय तहमा विवाद छ, कुनैमा योजनालाई लिएर, कुनैमा वजेटलाई लिएर, कुनैमा कमिशन त कुनैमा सेवा सुविधा लिएर विवाद हुने गर्छन, तर औरही नगरपालिकामा विवाद गर्ने लायक कुनै विषय नै छैन ।’

Comment


Related News

Latest News

Trending News