२०७८ माघ २८, शुक्रबार ०९:३०

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।

बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

काँग्रेसमा एमसीसी पास गर्नेबारे एकमत रहेको छ । विहीबार बोल्ने सबै नेताले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

Comment


Related News

Latest News

Trending News