२०७८ माघ २८, शुक्रबार १६:१२

फागुन १ गतेदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले काेराेनाविरूद्धकाे बुस्टर डाेज पाउने भएका छन् ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोराेना विरुद्धका बुस्टर डोज खोप दिने  निर्णय गरेकाे स्वास्थ्य मन्त्री विराेध खतिवडाले जानकारी दिनुभएकाे हाे ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने बताउनुभयाे।

मन्त्री खतिवडाले भन्नुभयाे, ‘पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागुन १ गतेबाट बुस्टर डोज दिइने छ। पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्।’

Comment

Related News

Latest News

Trending News