२०७८ माघ २८, शुक्रबार १९:०६

पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले यथा स्थितिमा एमसीसी पास नहुने बताएका छन् ।

शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्तारुढ गठबन्धनका नेता नेपालले एमसीसीको सन्दर्भमा अहिले पनि अध्ययन नपुगेको र सातवटा बुन्दामा जनता स्पष्ट हुनु पर्ने बताए । नेपाल कम्युनिष्ट पार्टि एमाले समाजवादीका अध्यक्ष समेत रहेका नेता नेपालले धेरै बुन्दामा अस्पष्टता रहेकोले यथा स्थितिमा आँखा चिम्लेर एमसीसी पास गर्न निमिल्ने बताएका हुन् ।

नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन तर्फ लागिरहेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीको सन्दर्भमा अहिलेपनि धेरै कुरा प्रष्ट नभइसकेकोले त्यसलाई अझै अध्ययन र छलफल पश्चात मात्र निस्कर्षमा पुग्ने धारणा व्यक्त गरेका छन् । “एमसीसीको सन्दर्भमा अहिलेपनि धेरै कुरा प्रष्ट छैन । सुधार गर्नुपर्ने ठाउँ छन् । अर्कोतर्फ जनमत पनि एमसीसीको पक्षमा नरहेकोले जनतमतलाई आश्वस्त गराउने चुनौती हुँदाहुँदै यथास्थितिमा आँखा चिम्लेर एमसीसी पास गर्ने पक्षमा हामी छैनौँ,“ नेपालले भने ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीको सन्दर्भमा ७ वटा विषयमा आफुहरु स्पष्ट हुन खोजिरहेको बताए । उनले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ की पर्दैन, अमेरिकाको सुरक्षा रणनीतिअन्तर्गत पर्छ की पर्दैन, यसमा अमेरिकाको सैन्य संलग्नता छ की छैन, यस मार्फत निर्माण गरिने ट्रान्समिसन, सडकको तलको भुभागमा नेपालको सार्वभौम अधिकार हुन्छ की हुँदैन, निर्माणको काममा लाग्दा चाहिने श्रमशक्ति नेपालीहरुले आफ्नो योग्यता र क्षमता अनुसार हकको रुपमा प्रयोग गर्न पाउँछन् की पाउँदैन, यसबाट प्राप्त हुने बौद्धिक सम्पतिमा नेपालको अधिकार सुनिश्चित हुन्छ की हुँदैन, यसको लेकापरिक्षण गर्ने अधिकार नेपालको अडीटर जेनरललाई हुन्छ की हुँदैन र अन्तिममा एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्छ । आफूखुशी नयाँ–नयाँ कानुन बनाउँदै जाँदा नेपालको हितमा कस्तो असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन जस्तै ७ वटा विषयमा आफूहरु अहिले पनि प्रष्ट नरहेको बताए । “सात वटा प्रश्नहरुको उत्तर पाएपछि छलफल गरेर हामीले एमसीसी बारेमा सोच्छौँ,“ उनले भने ।

नेकपा एमालेले एमसीसी फिर्ता गरे माधव नेपाल दोषी हुने भन्ने विषयमा बोल्दै नेता नेपालले केपी ओली सिद्धान्त, संस्कार र कम्युनिष्ट आचरण नभएको देश बेचुवा भएको आरोप लगाउँदै उनीहरुले उठाएको प्रश्नको जवाफ दिन आवश्यक नरहेको उनको भनाई थियो ।

“केपी ओली मण्डले, सिद्धान्त बेचुवाहरु, स्वेच्छाकारी, कुसंस्कृत मान्छे हुन् । संस्कार केहीपनि छैन, कम्युनिष्ट आचरण केहीपनि छैन, कम्युनिष्ट सिद्धान्त प्रतिको प्रतिबद्धता छैन । त्यसकारण त्यस्ता तत्वहरुको कुनै प्रश्नको जवाफ दिन म आवश्यक ठान्दिन ।“

उनले आगामी स्थानीय तहको निर्वाचनबाट नेकपा एस देशकै ठूलो पार्टीको रुपमा आउने दावी पनि गरे । संगठन विस्तार गर्ने समय नभएको कारण निर्वाचनसँगै संगठन विस्तार हुँदै जाने र स्थानीय तहको पालिकाहरुमा नेकपा एस पहिलो पार्टी बनेर आउने उनले बताए ।

Comment


Related News

Latest News

Trending News