२०७८ माघ २९, शनिबार ०७:३१

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन् ।

शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्तारुढ गठबन्धनका नेता नेपालले एमसीसीको सन्दर्भमा अहिले पनि अध्ययन नपुगेको र सातवटा बँुदामा जनता स्पष्ट हुनु पर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी एमाले समाजवादीका अध्यक्ष समेत रहेका नेता नेपालले धेरै बुँदामा अस्पष्टता रहेकोले यथास्थितिमा आँखा चिम्लेर एमसीसी पास गर्न नमिल्ने स्पष्ट गरे । नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन प्रयासरत रहेको बेला गठबन्धनका नेता नेपालले एमसीसीको सन्दर्भमा अहिले पनि धेरै कुरा प्रष्ट नभइसकेकोले त्यसलाई अझै अध्ययन र छलफल पश्चात मात्र निस्कर्षमा पुग्ने धारणा समेत व्यक्त गरे । ‘एमसीसीको सन्दर्भमा अहिले पनि धेरै कुरा प्रष्ट छैन । सुधार गर्नुपर्ने ठाउँ छन् । अर्कोतर्फ जनमत पनि एमसीसीको पक्षमा नरहेकोले जनतमतलाई आश्वस्त गराउने चुनौती हुँदाहुँदै यथास्थितिमा आँखा चिम्लेर एमसीसी पास गर्ने पक्षमा हामी छैनौं’,नेपालले प्रष्ट पारे ।

उनले एमसीसीको सन्दर्भमा ७ वटा विषयमा आफूहरु स्पष्ट हुन खोजिरहेको बताउंदै एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ की पर्दैन, अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ की पर्दैन, यसमा अमेरिकाको सैन्य संलग्नता छ की छैन, यस मार्फत निर्माण गरिने ट्रान्समिसन, सडकको तलको भूभागमा नेपालको सार्वभौम अधिकार हुन्छ की हुँदैन, निर्माणको काममा लाग्दा चाहिने श्रमशक्ति नेपालीहरुले आफ्नो योग्यता र क्षमता अनुसार हकको रुपमा प्रयोग गर्न पाउँछन् की पाउँदैन, यसबाट प्राप्त हुने बौद्धिक सम्पतिमा नेपालको अधिकार सुनिश्चित हुन्छ की हुँदैन, यसको लेखापरीक्षण गर्ने अधिकार नेपालको अडिटर जेनरललाई हुन्छ की हुँदैन र अन्तिममा एमसीसीसँग जोडिएको कानूनको बारेमा स्पष्ट धारणा आउनु पर्ने बताए । आफूखुशी नयाँ–नयाँ कानून बनाउँदै जाँदा नेपालको हितमा कस्तो असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन जस्तै ७ वटा विषयमा आफूहरु अहिले पनि प्रष्ट नरहेको उल्लेख गरे । ‘सात वटा प्रश्नहरुको उत्तर पाएपछि छलफल गरेर हामीले एमसीसी बारेमा सोच्नेछौँ,“ उनले स्पष्ट गरे ।

Comment


Related News

Latest News

Trending News