२०७८ माघ २९, शनिबार ०७:३६

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बीच पार्टी भित्रको विद्यमान समस्या समाधान बारे कुनै छलफल हुन सकेको छैन् । शुक्रवार सम्म जनकपुरधाममा रहेका पार्टीका शीर्ष नेताहरु एक ठाउँमा भए पनि उनीहरु बीच कुनै प्रकारको सम्वाद हुन नसक्दा पार्टी भित्र देखिएको विवाद समाधान हुने कुनै सम्भावनाको संकेत देखिएको छैन् । विभिन्न कार्यक्रममा सहभागी हुनकालागि जनकपुरधाम आए पनि उनीहरु बीच भने सम्वाद हुन नसक्दा नेताहरु निराश भएका छन् ।

पार्टी भित्र देखिएको आन्तरिक किचलो र अन्र्तद्वन्द्वका कारण उनीहरु बीच दुरी बढ्दै गएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी र अनिलकुमार झा शुक्रवार जनकपुरधाम आएका थिए । पार्टी अध्यक्ष ठाकुरले प्रदेश र जिल्लाको अध्यक्ष मनोनयनमा एकलौटी गरेको भन्दै पार्टी भित्र आन्तरिक द्वन्द्व देखिए पनि खुलेर एकले अर्काको विरोध नगर्दा ती विवादहरु भने मिलाउने कार्य भई रहेको नेताहरुको भनाई छ । तर, उनीहरु बीचको विवाद भने उत्कर्षमा पुगि सकेको स्रोतले बतायो । लोसपा अध्यक्ष ठाकुर र नेता शरत सिंह भण्डारी बिहीबारनै जनकपुरधाम आए पनि वरिष्ठ नेता राजेन्द्र महतो र नेता अनिल झा भने शुक्रवार जनकपुरधाम पुगेका छन् । उनीहरु शुक्रवार हुने विभिन्न बैबाहिक कार्यक्रममा सहभागी हुनकालागि जनकपुरधाम पुगेका एक नेताले बताए । तर, पार्टी भित्र देखिएको विवाद समाधान गर्नकालागि उनीहरु जनकपुरधाम आएको चर्चा भए पनि बोलचाल समेत हुन सकेको छैन् । पार्टी अध्यक्ष ठाकुरले मधेश प्रदेशको अध्यक्ष र सचिव देखि लिएर विभिन्न जिल्लाका अध्यक्ष तथा पर्यवेक्षक मनोनयनमा एकलौटी गरेको भन्दै जिल्ला जिल्लाका नेता कार्यकर्ताहरुले काठमाण्डु स्थित पार्टी कार्यालयमा आन्दोलन समेत गरेका थिए ।

आन्दोलनकारीहरुको समेत अवमूल्यन गर्दै अध्यक्ष ठाकुरले भई सकेको निर्णय फिर्ता नहुने बताएपछि उनीहरु निराश भएर फर्केपछि लोसपाका शीर्ष नेताहरुबीच अन्र्तद्वन्द्व बढ्दै गएका छन् । उनीहरुले अहिले सम्म पार्टीको कुनै बैठक सम्म बसाउन सकेका छैनन् । पार्टी अध्यक्षको एकल निर्णयले गर्दा उनीहरु बीच देखिएको विवाद समाधान गर्नकालागि केही नेताहरु सक्रिय रहे पनि त्यो भने परिणाममूखी हुन सकेको छैन् । अध्यक्ष ठाकुरले मधेश प्रदेशको अध्यक्षमा जितेन्द सोनल र सचिवमा रामविनोद चौधरीलाई मनोनयन गरेका थिए । दुबै जना तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीकै रहेको तथा जिल्ला अध्यक्षमा परमेश्वर साह र पर्यवेक्षकमा उमाकान्त झालाई मनोनयन गरेका थिए । यी दुबै जना पनि तत्कालीन तमलोपाकै रहेको भन्दै महतो, भण्डारी र झा पक्ष असन्तुष्ट भएका थिए । तर, स्रोतका अनुसार प्रदेश तथा जिल्लाहरुमा अध्यक्ष ठाकुरले गरेको मनोनयनमा वरिष्ठ नेता महतोको पनि मौन समर्थन छ । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को प्रतिनिधि सभा सिटमा महतो निर्वाचित छन् भने जिल्ला अध्यक्ष साह प्रदेश सभा सिटमा निर्वाचित रहेका छन् ।

शुक्रवार विभिन्न बैवाहिक कार्यक्रमहरुमा सहभागी भई अध्यक्ष ठाकुर धनुषाको महेन्द्रनगर, वरिष्ठ नेता महतो सर्लाही, शरत सिंह भण्डारी बर्दिबास र अनिल झा भने रौतहट गएका छन् । अध्यक्ष ठाकुरकै हठका कारण लोसपाका नेता तथा अध्यक्ष ठाकुरका सहयोगी मानिएका वृषेशचन्द्र लाल, विजयकुमार सिंह लगायतका नेताहरुले तराई मधेश लोकतान्त्रिक पार्टी व्यूँताउन लागेका छन् । हुन त तमलोपा निर्वाचन आयोगमा दर्ता भई सकेका छन् । तर, फाल्गुन महिना भित्रामा लाल, सिंह लगायतका नेताहरु सहित ती पार्टीलाई व्यूँताउन थालेका हुन् ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News