२०७८ माघ २९, शनिबार ०७:५५

गरुडा । रौतहटको माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र प्रसाद यादवले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान सुरु गरेका छन् ।

मेयर यादवले वडा नं १ दिपहीबाट जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको सुरुवात गरेका हुन् । नगर प्रमुख यादवले दिपहीका सयौं जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप कम्बल वितरण गरेका छन् । सो क्रममा शुक्रबार एक कार्यक्रमको आयोजना गरी दिपहीका ७५ वर्ष भन्दा माथिका १ सय १५ जना ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ । चिसोबाट जोगिन ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको नगर प्रमुख यादवले बताए । वडा नं १ बाट सुरु गरिएको सम्मान एवं कम्बल वितरण अभियान नगरको सबै वडामा सञ्चालन गरिने जानकारी समेत उनले दिए ।

Comment


Related News

Latest News

Trending News