२०७८ फाल्गुन १, आईतवार ०९:१९

कलैया । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले प्रेस बलियो भयो भने मात्र लोकतन्त्र दिगो हुने कुरामा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन बारा शाखाको १७ औ बार्षिक साधारण सभालाई सिम्रौनगढ नगरपालिका–१०मा शनिबार आयोजित समारोहमा उनले नेपाली कांग्रेस जहिले पनि प्रेसलाई आत्मसात गर्दै अगाडि बढ्ने गरेको बताउँंदै मुलुकको हरेक परिवर्तनमा नेपाली प्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । प्रेस विना विकास र समृद्धिको कल्पना गर्न नसकिने भन्दै उनले देशमा शान्ति सुरक्षा, अमन चयन कायम गर्दै विधिको शासनलाई कायम गराउन एवम् प्रेस स्वतन्त्रतालाई बहाल गर्ने दिशामा पनि कांग्रेसको भूमिका निकै नै सराहनीय भएको हँुदा आम जनताको झुकाव कांग्रेस पार्टीतिर नै रहेको सहमहामन्त्री मंसुरले प्रष्ट पारे ।

युनियनका बारा जिल्ला अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादव, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम तिबारी, पूर्व अध्यक्ष गुरु प्रसाद गौतम,युनियनका उपाअध्यक्ष वसन्त खतिवडा लगायतकाले आ–आफनो मन्तव्य राखेका थिए । कार्यक्रममा युनियनका जेष्ठ सदस्य सत्यप्रसाद श्रेष्ठ, उमेशलाल दास, रामेश्वर मेहता, रतनलाल टेमानी, भोजराट भट्रराई, सुजित अर्याललाई सम्मान गरिएको सचिव साजिर मंसुरले बताए । सोही कार्यक्रममा प्रेस सेन्टरका पुर्व उपाअध्यक्ष प्रभु यादव, प्रेस मंचका नुरआलम बादशाह प्रेस युनियनमा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News