अपडेट 
२०७८ फाल्गुन २, सोमबार ०७:४९

धनुषा जिल्लाको हंसपुर नगरपालिकामा जारी दोस्रो मेयर कप पुरुष भलिबल प्रतियोगितामा आईतवार तीनवटा खेल सम्पन्न भएको छ ।

पहिलो खेल तारापट्टी र अमरखाना बीच सम्पन्न भएको छ भने दोस्रो बेल्ही र प्रसाही ‘बी’ बीच र तेस्रो कचुरी र भोइल बीचको खेल सम्पन्न भएको छ । पहिलो खेलमा अमरखानाले २–१ को सेटले तारापट्टीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा बेल्हीले २–१ को सेटले प्रसाही ‘बी’ र तेस्रो खेलमा भोइलले २–१ को सेटले कचुरीलाई पराजित गरेको थियो । हंसपुर नगरपालिकामा शनिबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा २१ वटा टोलीको सहभागिता रहेको छ ।

 

Comment


Related News

Latest News

Trending News