२०७८ फाल्गुन २, सोमबार ०७:५१

मलंगवा । सर्लाहीको मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक एक गैरसरकारी संस्थाले अनाथ बालबालिकालाई टिसर्ट वितरण गरेको छ।

संस्थाका अध्यक्ष राजेश पंडितले विवेक कुमार साहको संयोजकत्वमा आयोजित कार्यक्रमबीच मलंगवा नगरपालिका–८मा रहेको बाल मन्दिरको बालगृहमा आश्रय लिएका अभिभावकविहीन बालबालिकालाई टिसर्ट वितरण गरेको बालगृहका संरक्षक तथा लेखापाल राम लखन महतोले जनाए । बाल मन्दिरकै प्रांगणमा आयोजना भएको कार्यक्रममा संस्थाका सदस्य शिवनाथ यादव,स्वस्तिका कुमारी ,स्वेच्छा सोनी सहभागिता रहेको थियो । वितरण गरिएको टिसर्टमा संस्थाको नाम लेखिएको थियो ।

Comment

Related News

Latest News

Trending News