२०७८ फाल्गुन २, सोमबार ०७:५४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले जनयुद्धका शहीद परिवारजनलाई सम्मान गरेर राष्ट्रिय एकता सन्देश दिएको बताएका छन् ।

२७ औ जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारका मधेशी शहीद प्रतिष्ठानले आईतबार जनकपुरधाममा आयोजना गरेको जनयुद्धका शहीद परिवारजनलाई सम्मान तथा अनुदान वितरण कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् । मधेश प्रदेशले जनयुद्धलाई आज सरकारी स्तरबाट सम्मान गरेर राष्ट्रिय एकताको सन्देश दिएको छ्, अब मधेश प्रदेशको अनुशरण संघीय सरकार मात्रै होईन बाँकी सबै प्रदेशका सरकारहरुले गर्नुपर्छ ।’ प्रदेश सरकारले जनयुद्धको क्रममा मधेश प्रदेशबाट शहीद भएका तथा ज्यान गुमाएका परिवारजनलाई तीन/तीन लाख दिने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो चरणमा आईतबार एक ÷एक लाखको दरले वितरण गरिएको छ । अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आपूmहरुले जनयुद्धको उद्देश्य अझै पूरा हुन नसकेको बताए । ‘हरेक क्रान्तिको विरुद्ध प्रतिक्रान्ति हुन्छ, त्यो अहिले जारी नै छ अध्यक्ष प्रचण्डले भने,‘ जनयुद्ध, जनआन्दोलन, मधेश जनविद्रोहबाट प्राप्त उपलब्धि विरुद्ध एक देशिविदेशी केही तत्व अझै लागेको छ । तर पनि हामी निराश भएका छैनौ । खेल अझै बाँकी नै छ ।’ प्रतिक्रियावादी शक्तिहरु कांग्रेस, माओवादी, नेकपा एस, जसपासहितका गठबन्धन सुरुदेखि नै लागेको अध्यक्ष प्रचण्डको भनाई छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले भने,‘ केही व्यक्ति संविधानमै नभएको व्यवस्थालाई टेकेर संसदलाई बिघटन गर्ने काम गरियो । तर हामी जनयुद्धका नेता, जनआन्दोलनका नेता र मधेश विद्रोहका नेता जिउँदै भएकोले त्यस विरुद्ध संगठित भएर उनलाई सत्ताबाट हटाई लोकतन्त्रको रक्षा गर्ने काम गरियो ।’ जनयुद्धका क्रममा मधेशले आफूलाई धेरै सहयोग गरेको बताउँदै उनले भने,‘ जनयुद्धकै क्रममा मधेशकै जिल्लाहरुमा हतियार बनाउने काम सिके, यहाँका वुद्धिजिवीहरुले जनयुद्धमा धेरै नै सहयोग गरे । जब निराश हुन्थे शक्ति आर्जनका लागि मधेशका जिल्लाहरुमा आउँथे कि त पहाडका गरिब वस्तीमा जान्थे । त्यसकारण मधेशसँग मेरो पुरानै लगाव र नाता छ ।’

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि शुभकामना व्यक्त गरेका थिए । काठमाण्डुमा रहेका मुख्यमन्त्री लालबाबु राउतले भिडियो कन्फ्रेन्स मार्फत जनयुद्धको शुभकाना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले समाजमा रहेका विभेद, असमानता हटाउँदै मुलुकमा संघीय गणतन्त्र ल्याउन माओवादी जनयुद्धको ठूलो योगदान रहेको बताईन् । आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री मातृका प्रसाद यादव, प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो सहितकाले आ– आफ्नो मन्तव राखेका थिए । यसै बीच कार्यक्रम पश्चात संचारकर्मीको एक जिज्ञासामा अध्यक्ष प्रचण्डले न्यायालय पालिकामा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याईएको बताए । प्रधानन्यायाधीश जबरा विरुद्ध अधिवक्ताहरु मात्रै होईन, न्यायाधीशहरु पनि देखिएको र न्यायालय अस्तव्यस्त जस्तै भएकोले ती बेथितिलाई हटाउन गठबन्धनकै सहमतिमा महाअभियोग प्रस्ताव दर्ता गराइएको बताए । संवैधानिक बाटोबाट प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उनले जनाए ।

Comment


Related News

Latest News

Trending News