२०७८ फाल्गुन २, सोमबार १२:०८

सर्लाहीको वाग्मती नगरपालिका–८ सोल्टीमा आगोले जलेर एक जनाको ज्यान गएको छ ।

बिहान घर नजिकैको सडक छेउमा ६६ वर्षीय रामआशिष साहको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको  शरीरमा आगो लागेको देखेपछि स्थानीय बासिन्दाले  बचाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । उहाँको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिनुभयो ।

राति घरमै सुतिरहेका साह कसरी सडकमा पुग्नुभयो र आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News