२०७८ फाल्गुन २, सोमबार १८:०७

जनकपुरधाम, फागुन २ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नु भएको छ ।

जनकपुरधामको मुजेलियामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सुमद्घाटन गर्नु हुूँदै मुख्यमन्त्री राउतले प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षण मार्फत प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
एक महिना अघि स्थापना भएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नु हूँदै मुख्यमन्त्री राउतले त्यसका लागी आवश्यक पूर्वाधारको विस्तृत योजना तयार पार्न निर्देशन समेत दिनु भयो ।
केन्द्र तालिम मात्र नभई मधेशका विभिन्न पक्ष बारे अनुसन्धानको नीति समेत लिने उल्लेख गर्नु हुँदै उहाँले अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिकको लागी समेत आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्नु भयो ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका व्यक्तीहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Comment


Related News

Latest News

Trending News