२०७८ फाल्गुन २, सोमबार २०:१४

महोत्तरीबाट प्रहरीले  लागुऔषध कारोबार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–११ बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही मलङगवा–९ बस्ने २२ वर्षीय मुकेश साह र सर्लाही रामनगर–४ बस्ने २१ वर्षीय अरुणकुमार दास छन् ।

लागूऔषध कारोवार गर्दै गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले देउराली माध्यमिक विद्यालय नजिकैको बर्दिबास जङ्गलबाट चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।

उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध डिआइजेपाम इन्जेक्सन ३५ एम्पुल, प्रोमोथाजिन हाइड्रोचोलोराइड इन्जेक्सन ३५ एम्पुल र खुल्ला अवस्थामा राखिएको लेबलिङ नभएको एम्पुल ३५ थान गरी १ सय ५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News