धनुषा प्रहरीले दुई जनालाई चोरीको आरोपमा पक्राउ गरेको छ ।
गत माघ २८ गते रातीको समयमा धनुषा जिल्लाको जनकपुर उप–महानगरपालिका– १९ बाट मोटरसाईकल चोरी र सोही राती सोही ठाउँ नजिक निर्माधीन अवस्थामा रहेको घरबाट पानी तान्ने मोटर तथा कल समेत चोरी भएको थियो । सो चोरीको आरोपमा प्रहरीले जनकपुरधाम उप–महानगरपालिका– १९ मुसहरी टोलका छोटु मेस्टरको २० वर्षीय छोरा सुमित मेस्तरलाई पक्राउ गरेको छ । मेस्तरलाई गत माघ २९ गते नै पक्राउ गरिए पनि सोमबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरीबाट खटेको टोलीले २९ गते बिहान जउनपा– १९ बेंगाशिवपुर स्थित बाटोमा चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा चोरी भएको ज.१२ प. ०६ नं. को चोरी भएको ज.१२ प. ०६ नं. को एफजेड–एस यामाहा कम्पनीको मोटरसाईकल सहित पानी तान्ने मोटर र एक थान कल बरामद गरिएको जनाइएको छ ।
त्यसैगरी माघ २९ गते जनकपुर उप–महानगरपालिका– ४मा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालय अगाडिबाट मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरिएको छ । जिप्रका धनुषाबाट खटेको प्रहरी टोलीले मोटरसाइकल चोरी गर्दा गर्दै जउनपा–४का रामललित महतोको छोरा १९ वर्षीय सुजित कुमार महतोलाई पक्राउ गरेको हो । महतोमाथि ज.८ प. ६२२ नम्बरको २२० सि.सि.को मोटरसाईकल र चोरी गर्न मोटरसाईकलमा प्रयोग भएको मास्टर कि समेत बरामद भएको जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र वस्नेतले बताए । पक्राउ परेका महतो र मेस्तरमाथि चोरी सम्बन्धी मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

