जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम जनकपुरधाममा शुरु भएको छ । जनकपुरधामको रामानन्द चोक स्थित होटल भान्सा घरमा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
दुई दिवसीय स्थानीय तह निर्वाचनको तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा दसौं राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा,सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु,स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु र स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरुमा प्रशिक्षण दिइने कार्यक्रम रहेको जनाइएको छ ।
मधेश प्रदेशमा प्रशिक्षण दिनकालागि नेकपा एमालेका महासचिव इश्वर पोखरेल, सचिव रघुविर महासेठ, प्रदीप ज्ञवाली लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षण कार्यक्रम भोली ४ बजे सकिने जनाइएको छ ।

