अपडेट 
२०७८ फाल्गुन ३, मंगलवार १४:१३

३ फागुन, काठमाडौं। मंगलबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ ।

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि गतवर्ष फागुन ३ गते नै सुनको मूल्य आजकै बराबर थियो । आज तेजावी सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९५ हजार ५ सयमा छापावल र ९५ हजार रुपैयाँमा तेजावी सुनको मूल्य स्थिर थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको जुन सोमबारको तुलनामा २० रुपैयाँले बढी हो । अन्तराष्ट्रिय बजारकै कारण सुनको मूल्यले पुनः उचाई लिएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ ।अमेरिकी मुद्रास्फिति पछिल्लो पाँच दशक यताकै तीव्र वृद्धिका कारण सुनको मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलबार अन्तराष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.९० प्रतिशतले वृद्धि भएको छ ।

Comment


Related News

Latest News

Trending News