जनकपुरधाम । धनुषा प्रहरीले खोलामा अवैध उत्खन्न गरिरहेको अवस्थामा ७ वटा टिपर र एउटा स्काईभेटर नियन्त्रणमा लिएको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका– ५ कमला खोलामा अवैध बालुवा गिट्टी उत्खन्न गरिरहेको अवस्थामा मंगलबार टिपर र स्काईभेटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोर्ताहा चौकी तथा ईलाका प्रहरी कार्यालय ढल्केवरबाट संयुक्त रूपमा खटेको टोलीले ना.८ ख. ६१२४, ना.८ ख. ८३७३, प्र.–२– ०१–०० ३ ख. ००५८, प्र. २–०१– ००१ख.००५९, प्र.२–०३–००१ ख ३२२७, प्र. २–०३–००१ ख. ५०८४, प्र.२–०१–००१ख. ०१११ नं. को टिपरहरु सीआरईजीसीई ३०७ नं. स्काईभेटर एक थान नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको सवारीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय धनुषामा बुझाइएको जिप्रका धनुषाद्वाराज जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

