२०७८ फाल्गुन ४, बुधबार ०७:४२

राजविराज । सप्तरीको अर्नाहा पत्थरगाढा सडक खण्डमा एउटा ट्रयाक्टर दुर्घट्नाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गंभीर घाइते भएका छन् ।

फलामे रड बोकेर अर्नाहाबाट पत्थरगाढा तर्फ फर्कदै गरेको स.१.त. ६१०८ नम्बरको ट्रयाक्टर सोमबार राती १० बजेतिर बीच बाटो मै पल्टिएर दुर्घट्नाग्रस्त छिन्नमस्ता गाउँपालिका ३ का २९ वर्षीय संतोष सदाको मंगलबार बिहान उपचारकै क्रममा स्थानीय गजेन्द्र नारायण सिँह अस्पतालमा मृत्यु भएको छ । सो दुर्घटनामा परी सोही ठाउँका २८ वर्षीय चालक श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा गंभीर घाईते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भईरहेको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका सदाको शव मंगलबार नै परीक्षण पश्चात आफन्तलाई बुझाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News