२०७८ फाल्गुन ४, बुधबार ०७:४४
जनकपुरधाम । धनुषा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक नाबालिगलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका— ५का श्याम यादव (परिवर्तित नाम) लाई पक्राउ गरेको हो । धनुषा जिल्लाको विदेह नपा–४ ठाडिका वडाअध्यक्ष बिनोद गोइतमानको प्रदेश २–०२–००१ ब. ००३१ नम्बरको सरकारी पल्सर मोटरसाईकल आफ्नो घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो । प्रहरीले जिल्लाको शहिदनगर न.पा.– ३ यदुकुवा स्थित भट्टी चोकबाट सो मोटरसाइकल सहित नाबालिग युवकलाई पक्राउ गरेको थियो । उनलाई सोमबार पक्राउ गरी आवश्यक कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

