२०७८ फाल्गुन ४, बुधबार ०७:४८

कलैया । संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री रामकुमारी झाक्रीले बारा जिल्लाको दलित वस्तीहरुको अवलोकन निरिक्षण गरेकी छिन् ।

संघीय साँसद रामबाबुकुमार यादवको पहलमा मन्त्री झाक्री जिल्लाको सोनरनिया, मझैलिया, भोडहा, मटियर्वा, लामीडाँडा, कलैयाको थबई दलित वस्तीको निरिक्षण गरेकी छिन् । मन्त्रालयबाट बारामा २ सय दलित घरपरिवारलाई भवन निर्माणका लागि बजेट बिनियोजन गरेको हँुदा एकीकृत दलित वस्ती निर्माण गर्ने सोँचका साथ दलित वस्ती अनुगमन गरिएको मन्त्री झाक्रीले बताई्न । गठबन्धन टुटाउनलाई अनेकौ षड् यन्त्र भइरहेको हँुदा तीनै तहको निर्वाचन सम्म गठबन्धन कायम रहने कुरा प्रष्ट पारिन् । टोलीमा संघीय साँसद रामबाबु कुमार यादव, प्रदेश साँसद पारस साह, जसपाका केन्द्रीय सदस्यहरु प्रमोद गुप्ता, रामकिशोर यादव, जिल्ला समन्वय समितिका उपप्रमुख पवन कुमार ब्याहुत, जसपाका नेता कमलेश मण्डल, शिवनाथ पटेल, एसका नेताहरु ध्रुब यादव, विक्रम ठाकुर, ईमरान आलम, अरुण खनाल र नेकपा माओवादी केन्द्रका रमेश साह लगायतका गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागितामा निरिक्षण गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News