२०७८ फाल्गुन ४, बुधबार १४:२८

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दुमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिनुभयो । गठबन्धन दल र आम जनतामा समेत असन्तुष्टि बढेपछि बुधवार विवादित एमसीसी टेबुल गर्ने तयारीबाट सरकार ब्याक भएको छ ।

बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News