अपडेट 
२०७८ फाल्गुन ५, बिहीबार ०७:५७

मधेश प्रदेश सरकारले झण्डै डेढ वर्ष अघि खरिद गरेको ५ वटा बस कवाडमा परिणत हुँदै गएको छ ।

२०७७ कार्तिकमै करिब ४ करोडको लागतमा खरिद गरिएको ५ वटा बस संचालन नभएर लामो सयमदेखि मधेश भवन परिसरमा थन्काएर राखिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो । तर बस सञ्चालनको लागि आवश्यक पर्ने ऐन कानून तथा कार्यविधि नै निर्माण नहँुदा बस खुल्ला चउरमा थन्केर उपयोग विहीन बनेको छ । खुल्ला आकाश मुनि थन्काईएर राखिएको बसको रंङ डिस्कलर हुनुको साथै बैट्री, ईन्जिन , टायर लगायतको सामग्री खराब हुँदै गएको छ । बस संचालनका लागि फेरि लाखौँ रुपैया खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए । बस खरिद गरिए पनि चालक, बसको भाडा दर तथा बस सञ्चालनको लागि आवश्यक नीति निर्माणमा भौत्तिक पूर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको कार्यकालमा सो बसहरु खरिद गरिएको थियो । तर मन्त्री फेरिएर नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव मन्त्री भएपछि उनी बस सञ्चालनमा खासै तदारुकता देखाउन सकेका छैनन् । प्रदेश सरकारले आफै बस सञ्चालन गरेको खण्डमा खर्च बढी लाग्ने भएकोले बस संचालन सम्बन्धी निर्णय अझै हुन सकेको छैन ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव दिपक कुमार दासले भने,‘ बस खरिद गर्नुभन्दा पहिला नै त्यसको सञ्चालनको कार्यविधि तथा कसरी चलाउने विषय स्पष्ट हुनु पथ्र्यो तर त्यस्तो केही गरिएको थिएन,त्यसैले बस अहिले त्यतिकै थन्केको छ । बस सम्बन्धी नयाँ कार्यविधि बने पनि त्यसको विधान समितिबाट अहिले सम्म पास नभएकोले बस त्यतिकै राखिएको हो ।’ प्रदेश सरकारले आफैले बस चलाउन नसक्ने भन्दै सचिव दासले भने,‘ प्रदेश सरकारले आफै बस चलाउन सक्दैन, त्यो सञ्चालनको युनिट पनि प्रदेश सरकारसँग छैन । फेरि त्यसलाई चलाएको खण्डमा प्रदेश सरकारलाई थप आर्थिक भार पर्न जान्छ ।’ खरिद गरिएको बस प्रदेश सरकारले आफैले चलायो भने वार्षिक दोब्बर लाग्ने भएकोले त्यसलाई लिजमा दिएर वा कुनै प्रतिष्ठानलाई दिने विषयमा छलफल भइरहेको सचिव दासले बताए ।

please subscribe our official youtube channel and support us

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News