२०७८ फाल्गुन ५, बिहीबार ०८:०२

जनकपुरधाम उप–महानगरपालिका–२ भानु चोकमा मारवाडी समुदायको कुलदेवी राणीसत्ती माताको मन्दिरको प्रागंण र जग्गा कब्जा गरि व्यक्तिगत रुपमा प्रयोग हुँदै आएको आरोप लगाइएको छ ।

तीन दशक पहिला नै निर्माण भएको सो मन्दिरको जग्गालाई लिएर पटक – पटक विवाद हुँदै आएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयवासी एवं मन्दिरका जग्गा दाता मध्येका एक स्व.मधुसुदन जलानको छोरा राजेश जलानले सो आरोप लगाएका हुन् । उनले राणीसती मन्दिरको जग्गामा सञ्चालनमा रहेको पसल तत्काल हटाएर मन्दिर परिसरलाई सार्वजनिक बनाउन स्थानीय प्रशासनसंग माग गरेका छन् । राजेशले भने,‘सार्वजनिक मन्दिर जुनकी सम्पूर्ण मारवाडी समुदायको लागि हुनु पर्ने हो तर मन्दिरलाई समेत कब्जा गरेर प्रभु जलानले व्यक्तिगत प्रयोजनाकालागि प्रयोग गर्दै आएका छन् ,त्यति मात्र होइन मन्दिर छेउमै रहेको साबिकको सार्वजनिक नालामाथि समेत भौत्तिक संरचना निर्माण गरिएको छ जुनकी सरासर अपराध हो ।’ राजेशले आफ्नो बाजे स्व. शिवशंकर जालानलाई उधृत गर्दै भने,‘ मन्दिर र श्रद्धालुहरुको वासका लागि यात्री निवास बनाउनका लागि १५ धूर जग्गा छुट्याएको थियो , सोमा उनका छोराहरु मधुसुदन जलान, सीताराम जलान, आनन्द जलान र प्रभु जलान कसैले पनि उपभोग नगर्न भनेको थियो ।’ लगभग ३ दशक अगाडि त्यहाँ मन्दिरका साथै भौतिक संरचना निर्माण भएको उनले बताए ।

राजेशका अनुसार सो मन्दिरलाई ट्रष्ट बनाउने आन्तरिक सहमति भएको तर मारवाडी समुदायमा भएको आन्तरिक सहमतिको सो पत्र समेत लुकाइएको उनले जिकिर गरे । सो सहमतिलाई लत्याउँदै प्रभु जलानले मन्दिर सहित जग्गा कब्जा गर्दै त्यहाँ २०५५ सालदेखि जलान वस्त्रालय नामक पसल सञ्चालन आएको उनको आरोप छ । यता प्रभु जलानले सम्पूर्ण आरोपहरु निराधार रहेको दाबी गरेका छन् । उनले व्यक्तिगत हाम्रो मन्दिर रहेको र यो कुलदेवी रहेकोले व्यक्तिगत रुपमा प्रयोग गर्दै आईरहेको बताए । प्रभुले मन्दिरमा पूजापाठ गर्नका लागि कसैलाई रोक नलगाइएको समेत जानकारी दिए ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News