२०७८ फाल्गुन ५, बिहीबार ०८:३३

सप्तरीको विष्णुपुर गाउंपालिका– १ का स्थानीयवासीहरुले साँढेको आतंकले जनजीवन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीयवासीहरुले वडाअध्यक्ष इब्राहिम मंसुरी मार्फत बुधवार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र मार्फत आतंक मचाउने साँढेलाई स्थानान्तरण गरि दिनु पर्ने माग गरिएको छ । आफू सप्तरी आएपछि पहिलो पटक यस्तो खाले ज्ञापन पत्र आएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । यद्यपि उनले स्थानीयवासीको पीडालाई बुझी आफूले सो साँढेको उचित व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिए । उनले तत्कालै पशु कार्यालय,प्रहरी,स्थानीय तहका प्रमुख र कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनका प्रमुखसंग फोन सम्पर्क गरी साँढेलाई कसरी व्यवस्थापन गर्ने बारे छलफल गरेका छन् । वडाअध्यक्ष मंसुरीले विगत केही दिन यता गाउंमा कृषिजन्य वस्तु, खाद्यान्न, नगदेबाली र फलफुल सखाप गरिदिने गरेको साँढेले हाल कतिपय सर्वसाधारणमाथि आक्रमण गर्दै घाईते समेत बनाउन थाले पछि बाली र वडावासीको जीउ ज्यान जोगाउन प्रमुख जिल्ला अधिकारी समक्ष समस्या समाधानको लागि आएको बताए ।

Comment


Related News

Latest News

Trending News