२०७८ फाल्गुन ५, बिहीबार ०८:३७

जलेश्वर । महोत्तरी जिल्लाको सोनौलमा १५ लाखको लागतमा निर्माण हुन लागेको एक धर्मशालाको शिलान्यास गरिएको छ ।

मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहा बुधबार अयोजित एक कार्यक्रमबीच मनराशिस्वा नगरपालिका– ३ सोनौलमा नेता कुशवाहाको संसदीय कोषबाट १५ लाखको लागतमा निर्माण हुने भनिएको धर्मशालाको शिलान्यास गरे । उक्त कार्यक्रममा स्थानीय मनरा शिस्वाका नगर संयोजक महेन्द्र यादव,वडा अध्यक्ष महेन्द्र यादव ,पार्टी प्रतिनिधि जानकी शरण यादव, समाजसेवी राम पुकार महतो, राम किशोर महतो, श्याम चौरसिया लागायतको उल्लेख्य सहभागिता रहेको थियो ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY&t=1s

Comment


Related News

Latest News

Trending News