२०७८ फाल्गुन ६, शुक्रबार ०७:०९
कलैया । बारा जिल्लामा अवैध सालको काठ सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटेको प्रहरी टोलीले अवैध सालको काठ सहित एक जनालाई पक्राउ गरेको हो ।
जीतपुरसिमरा उप–महानगरपालिका–२२ मा रहेको हेटौडा पथलैया सडक खण्डको गुण्डु पुल नजिक लोक मार्ग सडक खण्डमा प्रहरीले पिकअपमा रहेको अवैध सालको २० क्युबिक फिट सालको काठ सहित पक्राउ गरेको छ । ना.५ च. २८९० न.को पिकअपमा दश थान सालको फेन्टा सहित मानिसलाई पक्राउ गरिएको ईपका सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।



