सप्तरीको राजविराजमा रहेको बालाजी डेन्टल क्लिनिक प्रा.लिले प्रथम वार्षिकोत्सव कार्यक्रमको अवसरमा विरामीहरुलाई विशेष छूट दिइ उपचार गरेका छन् ।
स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा विहीबार दन्त रोगको उपचारमा आएका बिरामीहरुलाई विशेष छूट सहित सेवा प्रदान गर्दै वार्षिकोत्सव मनाइएको हो । २०७७ फागुन ५ गते स्थापना भइ दन्तरोग उपचारमा ख्याति कमाएको सो क्लिनिकले वार्षिकोत्सव मनाउने क्रममा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, समाजसेवी एवं राजनीतिज्ञ सुनिल कुमार झा रहेका छन् । यस्तै पत्रकारिताको माध्यमले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याए वापत संचारकर्मी मनोजकुमार माझी र विद्यानन्द राम समेत सम्मानित भएका छन् । प्रा.लि.का संचालक डा. विवेककुमार झाको सक्रियतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव सहितका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।



