२०७८ फाल्गुन ६, शुक्रबार ०७:१४

राजविराज । फुटवलका पुराना खेलाडी एवं सेवानिवृत सहायक प्रशिक्षक राजकुमार परियारले एन्फाको जिल्ला निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन तेश्रो साता हुन लागेको निर्वाचनमा जिल्ला फुलवल संघ (एन्फा) सप्तरीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । राजविराज–८का परियार गत जेठ १ गते प्रशिक्षक सेवाबाट निवृत भएका हुन् । उनले संघका वर्तमान नेतृत्वले मनोमानी ढंगले काम गरेको, संघका विधानलाई मिचेर अघि बढेको, पुराना खेलाडिलाई पाखा लगाउने काम गरेको र फुटवल खेललाई जिल्लामा लोप हुने अवस्थामा पु¥याउन लागेको आरोप लगाउँदै फुटवल खेलको विकास र विस्तारकालागि आफ्नो उम्मेदवारी रहने स्पष्ट पारेका छन् । आफूले जिते जिल्लामा ग्रासरुट फुटवल खेलको माध्यमले योग्य खेलाडि उत्पादन तथा फुटवललाई माथि उकास्नकालागि विभिन्न योजना बनाएको समेत जानकारी दिए । यस अघि एन्फाका अर्का सहायक प्रशिक्षक रमेश श्रेष्ठले पनि आफू अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । संघको निर्वाचनमा संघ संग आवद्ध क्ल्बका प्रतिनिधि नै मतदाता हुने व्यवस्था रहेको छ । जिल्ला फुटवल संघ सप्तरीमा ११ वटा क्लब आबद्ध छन् ।

Comment


Related News

Latest News

Trending News