२०७८ फाल्गुन ६, शुक्रबार ०७:१६

सप्तरीको सप्तकोशी नगरपालिकामा तालाबन्दी गरिएको छ ।

नगरपालिकामा आर्थिक अनियमितता भएको र आय–व्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको भन्दै चारदलीय संर्घष समितिले विहीबार तालाबन्दी गरेको हो । संघर्ष समितिले अनियमितताको छानबिन हुनु पर्ने माग अघि सारेका छन् । संघर्ष समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस नगर समितिका सभापति युवराज खनालले नगरपालिकामा भएको आर्थिक कारोवार र कर्मचारी नियुक्ति प्रक्रियाबारे सम्पूर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएकोले बाध्य भइ तालाबन्दी गर्नुृ परेको बताए । संघर्ष समितिद्वारा पछिल्लो पटक माघ २४ गते ज्ञापन पत्र बुझाईएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकिकृत (समाजवादी) द्वारा गठित संघर्ष समितिले महालेखा नियन्त्रणको कार्यालय र आन्तरिक लेखापरीक्षणबाट बेरुजु ठहर गरिएका खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ ।

यस्तै सडक बोर्डबाट प्राप्त बजेट तथा खर्च विवरण, कोभिड–१९ र विपद व्यवस्थापन शीर्षकमा भएको आम्दानी र खर्च विवरण सार्वजनिकका साथै आ.ब. २०७८÷०७९ मा नगरपालिकाका सबै ११ वटै वडाको तय गरिएको योजना अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था गर्नु पर्ने ६ सुत्रीय माग अघि सारिएको छ । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना, लेखा लगायतका कार्यकक्ष र फाँटमा तालाबन्दी गरिए पछि सेवा प्रवाह ठप्प भएको छ । नगर प्रमुख गौतमले भने कुनै किसिमको अनियमितता नभएको दाबी गर्दै सघर्ष समितिद्वारा वार्ता गरी समाधानको पहल थालेको प्रतिक्रिया दिए ।

Comment


Related News

Latest News

Trending News