जलवायु परिवर्तन तथा महिला सशक्तिकरण सम्बन्धी तीन दिने तालिम सर्लाहीको मलंगवामा सुरु भएको छ ।
प्रेरणा परियोजना,एच.आइ तथा भि.एस.ओ को संयुक्त आयोजनामा विहीबारदेखि तालिम सुरु भएको हो । किशोरी सशक्तिकरणकालागि शिक्षा कार्यक्रम (ईंगेज्ड प्रोजेक्ट) अन्तर्गत बालिका तथा समावेशी शिक्षा संजालका सदस्यहरुलाई जलवायु परिवर्तन र महिला सशक्तिकरणबारे जानकारी गराउने उद्देश्यले तालिम संचालन गरिएको प्रेरणाका परियोजना संयोजक रामचन्द्र चौधरीले जानकारी दिए । मलंगवा नगरपालिकाकी उपमेयर शान्ती मिकरानीको अग्रसरतामा सुरु भएको तालिममा मलंगवा नगरपालिका र कौडेना गाउंपालिका अन्तर्गत ११ वटा विद्यालयका शिक्षा प्रमुख,प्रअ,शिक्षक शिक्षिका,सामाजिक परिचालक र महिला संजालका सदस्यहरु गरी जम्मा २६ जना प्रशिक्षार्थीहरुलाई अधिवक्ता इमान सुनारले प्रशिक्षण दिइरहेका छन् । मलंगवा–८ बिरबलको खिचडी होटलमा संचालन भइरहेको तालिमको बिहीबार सम्पन्न उद्घाटन शत्रको कार्यक्रममा उपमेयर मिकरानी सहित,भि.एस.ओ का प्रोग्राम स्पेस्लिस्ट फिरोज शिद्दिकी,भि.एस.ओ सर्लाहीका डिपिओ राजन कुमार कर्ण,प्रेरणाका परियोजना संयोजक चौधरी लगायतको सहभागिता रहेको थियो ।

