२०७८ फाल्गुन ६, शुक्रबार ०७:३६

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ।

संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो। संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बैठकको दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन। प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी नराखी प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको छ। बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए।

अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ । तर गठबनधनका अन्य दल अहिल्यै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छैनन्। आज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्। देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवार्ता गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

Comment

Related News

Latest News

Trending News