२०७८ फाल्गुन ६, शुक्रबार ११:५५

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ ।

बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको छ ।

Comment

Related News

Latest News

Trending News