अपडेट 
२०७८ फाल्गुन ७, शनिबार ०७:१९

जनकपुरधाम । मधेश प्रदेशको सर्वाधिक समृद्ध मानिने जानकी फाइनान्स कम्पनीमा ऋण प्रवाहमा ब्यापक आर्थिक चलखेल भएको बताइएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष अमरनाथ गुप्ताको प्रभावमा एकै जना ऋणीलाई झण्डै २४ करोड कर्जा प्रवाह गरिएको छ । कारोबार सीमित भइसकेका कुशेश्वर साह (कुशे) लाई जानकी फाइनान्स कम्पनीले २३ करोड ६० लाख ऋण उपलब्ध गराएको छ । कम्पनीका सञ्चालकहरुका अनुसार साहले ऋण तिर्न असमर्थ भए जानकी फाइनान्स कम्पनी तत्कालै टाट पल्टिन सक्छ । नेपाल बंगलादेश बैंकले लिलामीको सूचना जारी गरिसकेपछि जानकी फाइनान्स कम्पनीले भारी रकम साहलाई लगानी गरेको छ । कम्पनीको साधारण सभा शनिवार हुन लागेको छ । तर अध्यक्ष गुप्ताले निरन्तरताका लागि विपक्षीहरुलाई प्रोक्सी मत दर्ता गर्न रोकेको बताइएको छ । नेपाल राष्ट्र बैंकको सूचना, मान्यता विपरीत सञ्चालकहरुको चयन गर्न लागेको सञ्चालकहरुले जनाएका छन् । प्रोक्सी दर्ताका लागि सूचनामा ६ गते दिउँसो ५ बजे सम्म रहे पनि त्यसलाई संशोधनगरी ४ गते कायम गरिएको थियो ।

कम्पनीको निर्णय अनुसार साधारण सभा हुनु भन्दा ४८ घण्टा पूर्व प्रोक्सी दर्ता गर्नुपर्ने प्रावधान छ । राष्ट्र बैंकले एकासगोलबाट एकजना भन्दा बढी र ७० वर्ष उमेर नाघेका व्यक्तिहरुलाई सञ्चालक हुन नपाइने राखेको प्रावधान विपरीत निर्विरोध घोषणा गरिएको सञ्चालक अशोक जलानले आरोप लगाए । तर निर्वाचन समितिका संयोजक अधिवक्ता प्रकाश घिमिरेले राष्ट्र बैंक र कम्पनीको ऐन, नियम विपरीत काम नभएको जनाएका छन् । कम्पनीका बहुमत सञ्चालकले शुक्रवार छलफलका लागि अध्यक्षलाई निवेदन दिए पनि वेवास्ता गरिएको जलानले जनाएका छन् । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त जानकी फाइनान्स कम्पनीमा गुप्ताले ‘क’ वर्गको बैंकबाट धितो लिलामीमा रहेका ऋणीहरुलाई अस्वभाविक रुपमा ऋण प्रवाह गरेको देखिन्छ ।

केही ऋणीहरुलाई प्रवाह गरिएको ऋण असुलीका लागि राष्ट्र बैंकले निर्देशन समेत दिएको बताइएको छ । अध्यक्ष गुप्ता नै अध्यक्ष रहेको गायत्री परिवारको एउटा संस्थालाई कम्पनी सञ्चालक समितिको निर्णय विपरीत २ लाख रुपैया उपलब्ध गराएको, केही संघ संस्थाहरुलाई वार्षिकोत्सव मनाउन बेरित बमोजिम रकम उपलब्ध गराइएको समेत आरोप लागेको छ । कम्पनी नै टाट पल्टिने उच्च जोखिममा ऋण प्रवाह गरेको र सञ्चालकहरुलाई अनेक दवाव दिएर साधारण सभामा निर्विरोध गर्न लागेको आरोप लगाइएको छ । कम्पनीको साधारण सभामा बहुमत पु¥याउन अध्यक्ष गुप्ताले अनेक प्रयास गरिरहे पनि अवैधानिक ढंगले गर्न खोजिएको साधारण सभालाई रोक्न केही सञ्चालकहरु प्रयासरत रहेका छन् ।

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News